मकवानपुरमा आजदेखि कोरोना विरुद्दको खोप अभियान संचालन हुने
जिल्ला खोप समन्वय समिती मकवानपुरले जिल्लामा कोरोना विरुद्दको खोप अभियान संचालन गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बुधबार बसेको समितिको बैठकले जिल्लामा खोप नलगाउनेको संख्या अझै धेरै रहेकाले खोप अभियानलाई तिब्र रुपमा अगाडी बढाउन अभियान संचालन गर्ने निर्णय गरेको हो ।
जिल्लामा ५३ प्रतिशतले मात्र कोभिड विरुद्दको खोप लगाएको तथ्याङ्क रहेकाले बाँकी रहेकाहरुलाई पनि अनिवार्य खोप लगाउन आग्रह गर्दै खोप अभियान संचालन गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताउनुभयो ।
जिल्लाका मनहरी गाँउपालिका, राक्सिराङ गाँउपालिका, कैलाश गाँउपालिका र बकैया गाँउपालिकामा अधिकांशले खोप नलगाएको देखिएकाले उक्त स्थानीय तहमा खोप अभियान संचालन गर्ने तयारी भएको प्रजिअ पाण्डेले बताउनुभयो ।
बैठकले बिहिबारबाट जिल्लाको राक्सिराङ, कैलाश, मनहरी, बकैया लगायतका गाउँपालिकाहरुमा विशेष खोप अभियान सञ्चालन गर्ने निर्ण गरेको छ । यस्तै स्थानीय तहका विभिन्न सरकारी कार्यालय, विद्यालय र मानिसको भिडभाड हुने स्थानहरुमा हेल्थ डेस्क स्थापना गर्ने तथा खोेप नलगाएका स्थानीयहरुलाई खोप लगाउन उत्प्रेरित गर्ने लगायतको निर्णय गरेको छ ।