हेटौंडामा निशुल्क लोकसेवा आयोग तयारी कक्षा सञ्चालन कार्यक्रम सुरु

छहारी संवाददाता
पुस २२, २०७८

हेटौंडामा निशुल्क लोकसेवा आयोग तयारी कक्षा सञ्चालन कार्यक्रम सुरु भएको छ ।

हेटौंडा उपमहानगरपालिका सामाजिक विकास महासाखाको आयोजनामा प्रदेश लोकसेवा आयोगद्वारा लिइने पाठ्यक्रममा आधारित पाँचौ तहको एक महिने लोकसेवा आयोग तयारी कक्षा सुरु भएको हो ।

कार्यक्रमको उद्घाटन् गर्दै उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले हेटौंडालाई अझै पनि फरक ढंगले सबैले चिन्ने भएकाले यसमा परिवर्तन ल्याउन जरुरी रहेको बताउनुभयो । पुरानो मानसिकतालाई त्यागेर हेटौंडामा सरकारी जागिर खानेहरुको हब बनाउनुपर्ने मेयर महतले बताउनुभयो ।

उपमहानगरपालिका सामाजिक बिकास समितिका संयोजक अनिल बानियाँले शिक्षक सेवा आयोगको पनि कक्षा सञ्चालन गर्नका लागि आग्रह गर्नुभयो । यो कार्यक्रम प्रभाबकारी बनाउनुपर्नेमा उहाँको जोड थियो ।

उपमहानगरपालिका सामाजिक विकास महासाखाका प्रमुख विष्णु कुमारी लामिछानेले कार्यक्रमको उदेस्य माथी प्रकास पार्नु भएको थियो । महासाखाका आठौ तहका अधिकृत भैरब बहादुर कुमालले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।

एक महिना सम्म सञ्चालन हुने तयारी कक्षामा एक सय ८ जनाको सहभागिता रहेको छ । बिहान र साझगरी दुइ चरणमा कक्षा सञ्चालन गरिने छ । तालिममा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका बिभीन्न कार्यालयमा कार्यरत अधिकृत र माथिल्लो तहका कर्मचारीले प्रशिक्षण दिनुहुने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*