आदीबासी जनजातीहरुको मुद्धा स्थापित गर्न महासंघ चाहिएको होः मन्त्री मोक्तान

छहारी संवाददाता
पुस २१, २०७८

बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले आफ्नो मुद्धाहरु स्थापित गराउनका लागि महासंघहरु बनेको बतानउनु भएको छ । उहाँले यसको मर्म अनुरुप चल्न आदिबासी जनजाती पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

आदिबासी जनजाती पत्रकार महासंघ(फोनिज)को प्रदेश अधिवेशनमा मन्त्री मोक्तानले आदीबासी जनजातीहरुको मुद्धा स्थापित गर्न जनजाती पत्रकारहरुकै भुमिका महत्वपुर्ण हुने भएकोले आफ्नो समुदायको आवाज बन्न सुझाउनुभयो । उहाँले जातिसंगै भेषभुषा र मातृभाषा समेतको उठान गर्न पनि महासंघको भुमिका महत्वपुर्ण हुने बताउनुभयो ।

उहाँले जनताले उपलब्धीका रुपमा प्राप्त गरेका अधिकारहरुको रक्षा गर्दै थप अधिकारकालागि आफ्नो पक्षबाट पहल गर्नुपर्ने उल्लेख गर्नुभयो । फोनिजको स्थापना आवश्यकताका आधारमा भएको बताउँदै मन्त्री मोक्तानले राज्यले गर्ने असमान व्यवहारहरुको कारण आवश्यकता महशुस गरेर यस किसिमका संगठन स्थापना गर्नु परेको मन्त्री मोक्तानको भनाई छ ।

यसैगरी, बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्री निमा लामाले संचार क्षेत्रप्रति प्रदेश सरकार सकरात्मक रहेको भन्दै आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले यसअघि बागमती प्रदेश सरकारले आफैँ मिडिया चलाउने गरि बजेट विनियोजन भएकोमा हालको सरकारले उक्त व्यवस्था खारेज गर्नेतर्फ प्रकृया अघि बढाइसकेको उल्लेख गर्नुभयो । खानेपानी तथा उर्जामन्त्री वसन्त मानन्धरले संचारमैत्री वातावरण निर्माणकालागि आफ्ना ेतर्फबाट जिम्मेवारी निर्वाह गर्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*