मकवानपुरमा ५३ प्रतिशतले मात्र कोभिड बिरुद्धको खोप लगाए

अञ्जली थापा
पुस २१, २०७८

अञ्जली थापा/ मकवानपुरमा ५३ प्रतिशतले मात्र कोभिड बिरुद्धको खोप लगाएको तथ्यांक रहेका जिल्ला खोप समन्वय समिती मकवानपुरले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आज बसेको बैठकमा यस्तो तथ्याङक आएपछी जिल्लामा खोप अभियान संचालन गर्ने भएको छ । प¥याप्त मात्रामा खोप उपलब्ध भएको भएपनि सर्बसाधरणले नलगाएको बताइएको छ । बाँकी ४९ प्रतिशत मकवानपुरबासीलार्ई पनि अनिवार्य खोप लगाउन आग्रह गर्दै खोप अभियान महिना संचालन गर्ने निर्णय भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताउनु भयो ।

जिल्ला प्रशासन कार्यलय मकवानपुरमा आज बसेको बैठकले जिल्लामा कोभिड बिरुद्धको खोप लगाउने अभियानलाई तिब्र रुपमा अगाडी बढाउने छलफल भएको उहाँले बताउनुभयो । कोरोना संक्रमणको दर फेरी बढ्न थालेपछि खोप लगाउन बाँकी रहेका जिल्लाबासीहरुमा खोप लगाउने अभियानलाई अगाडी बढाउन लागीएको जिल्लाका मनहरी गाँउपालीका,राक्सीराग गाँउपालीका,कैलास गाँउपालीका र बकैया गाँउपालीकामा अधिकामसले खोप नलगाएको देखिएकाले उक्त गाँउपालीकाहरुमा बिशेषगरी खोप अभियान संचालन गर्ने कार्यक्रम अगाडी बढाउने बताईएको छ ।

बैठकले मकवानपुरका स्थानिय तहहरुमा खोप कार्यक्रमलाई थप प्रभावकारी ढंगले अघि बढाउने निणर्य गरेको हो ।

विशेष गरी विकट स्थानिय तहहरुमा अपेक्षाकृत खोप कार्यक्रम सफल नभइरहेको सन्दर्भमा भोलीबिहिबारबाट जिल्लाको राक्सिराङ , कैलाश , मनहरी ,बकैया लगायतका गाउँपालीकाहरुमा विशेष खोप अभियानको रुपमा कार्यक्रम सञ्चालन गर्ने ,स्थानिय तहका विभिन्न सरकारी कार्यालय,विद्यालय मानिसहरुको भिडभाड हुने स्थानहरुमा हेल्थ डेस्क स्थापना गर्ने तथा खोेप नलगाएका स्थानियहरुलाई खोप लगाउन उत्प्रेरित गर्ने लगायतका निर्णहरु बैठकबाट गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिनु भएको छ ।

प्रमुख जिल्ला अधिकारी पाण्डेको अध्यक्षतामा बसेको बैठकमा खोप समन्वय समितीका सदस्यहरु ,जिल्लाका शुरक्षा निकायका प्रमुखहरु , विश्व स्वास्थ्य संगठनका प्रतिनिधीहरु लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*