ओमीक्रोन भेरियन्ट मुसाबाट मान्छेमा सरेको वैज्ञानिकहरुको दाबी 

छहारी संवाददाता
पुस २१, २०७८

अहिले संसारलाई त्रासमा राखेको कोभिड–१९ भाइरसको ओमीक्रोन भेरियन्ट मुसाबाट मान्छेमा सरेको वैज्ञानिकहरुले दाबी गरेका छन् । चिनियाँ वैज्ञानिकहरुले गरेको एक अध्ययनले यस्तो देखाएको हो ।

साइन्स डाइरेक्ट जर्नमा प्रकाशित शोध रिपोर्टअनुसार ओमीक्रोनको म्युटेसन धेरै भएको र भाइरसको यति धेरै म्युटेसन मान्छेको शरीरमा सम्भव नभएको बताइएको छ। परीक्षणका क्रममा ओमीक्रोनमा ५० सम्म म्युटेसन देखिएको वैज्ञानिकहरुले जनाएका छन्। वैज्ञानिकहरुका अनुसार स्पाइक प्रोटिनमा मात्रै ३२ म्युटेसन पाइएको थियो।

यसको म्युटेसन धेरै भएकाले ओमीक्रोनलाई वैज्ञानिकहरुले ‘होस्ट जम्पिङ’(जनावरबाट मान्छेमा फैलनु) भएको आशंका गरेका छन् । ओमीक्रोनको म्युटेसन मुसामा हुने भाइरसको म्युटेसनसँग मिल्दो रहेको वैज्ञानिकको भनाइ छ । यो मुसाको शारीरिक वातावरणसँग मिल्दो रहेको दाबी अध्ययनकर्ता वैज्ञानिकको छ । ओमीक्रोन मुसाको शरीरमा सहजै जीवित रहन सक्ने पनि उनीहरुले बताएका छन् ।

ओमीक्रोन सुरुमा मानिसबाट मुसारमा सरेको र मुसाबाट फेरि मान्छेमा सर्दा यसको म्युटेसन धेरै भएको तर्क वैज्ञानिकहरुको छ । वैज्ञानिकहरुका अनुसार यस प्रकारको केस इबोला र पोलियो भाइरसमा पनि भएको थियो । मुसामा धेरै म्युटेसन देखिएको यो भाइरसको मान्छेमा कम म्युटेसन देखिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*