सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीले मनायो आफ्नो २९ औँ स्थापना दिवस
मकवानपुरको सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीले आफ्नो २९ औँ स्थापना दिवस मनाएको छ । आज विद्यालयको प्राङगणमा भव्य कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको हो ।
विद्यालयका संस्थापक अध्यक्ष क्रषिराम आचार्यको सभाध्यक्षता तथा हेटौँडा —१० का जनप्रतिनिधि इन्द्र नेपालको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो । हेटौँडामा एउटा भाडाको घर लिएर २०४९ सालको पौष ३० गते विद्यालयको स्थापना गरि संचालन गरिएको थियो ।
२९ औँ स्थापना दिवस कार्यक्रममा प्रमुख अथिति जनप्रतिनिधि नेपालले विद्यालयले राम्रो शिक्षा दिन सकेको बताउनु भयो । उहाँले जिल्लाको शैक्षिक केन्द्रको रुपमा रहेका विद्यालयले आगामी दिनमा व्यवहारिक र प्रयोगात्मक शिक्षामा जोड दिन आग्रह गर्नुभएको छ । विद्यालयले ठुलाठुला विद्धानहरु उत्पादन गरेको भन्दै खुशी व्यक्त गर्नुभएको छ ।
देशका सबै विद्यालयमा यस्तै व्यवस्थापन हुन सके शिक्षामा फड्को मार्ने उहाँको भनाइ छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याप्सन)का केन्द्रिय सदस्य मदन दाहालले शिक्षाका क्षेत्रमा निकै महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै विद्यालयले बालबालिकालाई गुणस्तरीय शिक्षासंगै ,सिर्जनशील, लगनशील, अनुशासित र स्वावलम्बनको पाटोमा समेत जोड दिएको बताउनु भयो ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याप्सन)का जिल्ला अध्यक्ष विनोद सुवेदीले विद्यालयलाई नमुना बनाउनका लागि शिक्षकको भुमिका सबैभन्दा बढी महत्वपुर्ण हुने हुँदा शिक्षकहरुले त्यसमा जिम्मेवारीका साथ लाग्नुपर्ने बताउनुभयो । उहाँले शैक्षिक क्षेत्रको उन्नतीका बिना विकास र समृद्धि प्राप्तिको लक्ष्य भेटाउन मुस्किल हुने हुँदा गुणस्तरीय, प्राविधिक तथा व्यवसायीक शिक्षा आजको आवश्यकता भएको बताउनुभयो ।
कार्यक्रममा हजुरको खबर डटकमका प्रमुख रुपक कालिराजले विद्यालयले गरेको प्रगतिको खुलेर प्रशंसा गर्नु भयो । उहाँले‘नेतृत्व राम्रो भए विद्यालयले पनि प्रगति गर्न सक्छ भन्ने उदाहरण यो विद्यालय’ भएको भन्ने अभिव्यक्ति दिनुभयो । उहाँले अब जिवनउपयोगी, नैतिक र व्यवहारिक शिक्षा दिन जरुरी रहेको भन्दै विद्यालयको प्रगतिको कामना समेत गर्नु भयो ।
पहिलो वर्ष ६० जना विद्यार्थी भर्ना भएकोमा अहिले कक्षा १ देखि १० सम्ममा १७ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयले २७० जना विद्यार्थीलाई छात्रबृद्धि प्रदान गरेको छ । विभिन्न जिल्लाका अभिभावक विहिन,निम्न आर्थिक अवस्था भएका १ सय १० जनालाई आवशिय रुपमा निःशुल्क छात्रबृद्धि प्रदान गरेको छ भने दलित, जेहेन्दार, निम्न आर्थिक अवस्था भएका १ सय ६० जना विद्यार्थीहरुलाई छात्रबृद्धि प्रदान गरिरहेको विद्यालय संस्थापक अध्यक्ष क्रषिराम आचार्याले बताउनु भयो । सो विद्यालयमा हाल ६२ जना शिक्षकले अध्ययापन गराईरहुन भएको छ ।
विद्यालयले स्मार्ट स्कुलको अवधारण अनुसार अगाडि सारेको छ । कम्प्युटर, स्मार्ट बोर्ड, सिसि क्यामेरा तथा टिभी, प्रोजेक्टर लगायतका प्राविधिक उपकरण जडान गरिएको छ । ‘आवश्यक विद्युतिय एवं अन्य उपकरण विद्यालयमा जडान भईरहेको छ,’ प्रध्यानाध्यापक रिना आचार्यले भन्नुभयोे, ‘प्रोजेक्टरको सहायताले विद्यार्थीलाई पठनपाठन भईरहेको छ ।’
विद्यालय शिक्षक हनोक तामाङले संचालन गर्नु भएको कार्र्यक्रममा विद्यार्थीहरुले नृत्य तथा गायन प्रस्तुत गरेका थिए । विद्यालयका सहायक प्रध्यानाध्यापक एस.के. ज्ञवालीले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा विद्यालयको विगत,वर्तमान र आगमी योजनाको विषयमा संस्थापक अध्यक्ष आचार्यले प्रष्ट पार्नु भएको थियो । मकवानपुरकै उत्कृष्ट कहलिएको यस विद्यालय शैक्षिक हबको रूपमा नमुना बन्दै गएको छ ।
विद्याललय स्थापना दिवसमा निःशुल्क भर्ना अभियान समेत संचालन गरेको छ । आज ३० जना विद्यार्थीहरुले निशुल्क भर्ना गराएको विद्यालयका सहायक प्रध्यानाध्यापक एस.के. ज्ञवालीले बताउनु भयो । निशुल्क भर्ना सहित शैक्षिक सामाग्री समेत वितरण गरिएको निधनले बताउनु भयो । कार्यक्रममा स्थानिय टोल विकासका अध्यक्षहरु,अभिभावक,विद्यालयका शिक्षक, र विद्यार्थीहरुको उपस्थित रहेको थियो ।