राष्ट्रियसभा निर्वाचनः बागमती प्रदेशबाट ४ राजनीतिक दलका ६ जनाको उम्मेदवारी दर्ता

छहारी संवाददाता
पुस २०, २०७८

माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशबाट ४ राजनीतिक दलका ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय सभाका २ सदस्यका लागि बागमतीबाट नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेपाल मजदुर किसान पाटीले प्रदेश निर्वाचन कार्यालय, हेटौंडा–५ मा उम्मेदवारी दर्ता गरेका हुन् ।

बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । सत्तागठबन्धन तर्फबाट कांग्रेसका कृष्णप्रसाद पौडेल, महिलामा समाजवादीबाट गोमा तिमल्सिनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट गोपाल शाक्य, महिलातर्फ निरकुमारी कुँवर (निरु) दर्लामीले उम्मेदवारी दिनुभएको छ ।

यस्तै, नेमकिपाको तर्फबाट प्रतिनिधि मार्फत् गिता काफ्ले र कृष्ण तामाङको उम्मेदवारी दर्ता भएको छ । राष्ट्रिय सभामा बागमती प्रदेशबाट एक जना महिला र अन्य एक जना गरी २ जनाको पद रिक्त हुँदैछ । राष्ट्रियसभा निर्वाचनकालागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ मा रहेको हेटौंडा औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहलाई मतदान स्थल तोकिएको छ । राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशमा ३ सय ४६ मतदाता रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*