राष्ट्रियसभा सदस्य निर्वाचनः बागमतीको रिक्त दुई सिटका लागि सत्ता गठबन्धनको उम्मेदवारी दर्ता
राष्ट्रियसभा सदस्य अन्तरगत बागमती प्रदेश तर्फको दुई सिटका लागि हुने निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट दुईजनाको उम्मेदवारी दर्ता भएको छ ।
माघ १२ गते हुने निर्वाचनमा लागि सत्तागठबन्धन कांग्रेसका कृष्णप्रसाद पौडेल र महिलामा समाजवादीबाट गोमा तिमल्सिनाको उम्मेदवारी दर्ता भएको हो । यही माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुनेछ । मनोनयन दर्ताका लागि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ।