राष्ट्रियसभा अन्तर्गत बागमती प्रदेश तर्फ रिक्त दुई सिटका लागि नेमकिपाको उम्मेदवारी दर्ता
राष्ट्रियसभा अन्तर्गत बागमती प्रदेश तर्फ रिक्त रहेको दुई सिटमा हुने निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को उम्मेदवारी परेको छ ।
हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा नेमकिपाबाट भक्तपुरका गीता काफ्ले र काभ्रेका कृष्णबहादुर तामाङको उम्मेदवारी परेको हो । राष्ट्रिय सभामा कार्यकाल सकिने १९ जना सदस्यमध्ये बागमती प्रदेशका २ जना थिए ।
एक महिला र एक खुलातर्फका सदस्य पदका लागि माघ १२ गते मतदान हुनेछ । मनोनयन दर्ताको कार्यक्रम आज दिउँसो ३ बजेसम्म तोकिएको छ । भोलि २१ गते उम्मेदवारीमा दाबी विरोधको समय तोकिएको छ ।