ओमीक्रोनका कारण दक्षिण कोरियामा दुई जनाको मृत्यु

छहारी संवाददाता
पुस २०, २०७८

कोरोनाको नयाँ भेरियन्ट ओमीक्रोनका कारण दक्षिण कोरियामा दुई जनाको मृत्यु भएको छ ।

कोरियाली समाचार एजेन्सी योन्हापका अनुसार ओमीक्रोन भेरियन्टबाट त्यहाँ यो पहिलो मृत्यु हो । राजधानी सोलबाट ३३० किलोमिटर दक्षिणमा रहेको ग्वाङ्जु शहरमा उक्त मृत्यु भएको हो । ग्वाङ्जुमा रहेको जेष्ठनागरिक अस्पतालमा उपचारत ओमीक्रोन संक्रमित ९८ वर्षीया वृद्धाको मृत्यु भएको योन्हापले जनाएको छ ।

२६ डिसेम्बरमा कोभिड–१९ पुष्टि भएकी ती वृद्धको भोलिपल्ट मृत्यु भएको थियो । जिन सिक्वीन्सिङ गर्दा ती वृद्धमा ओमीक्रोन भेरियन्ट पुष्टि भएको थियो । ओमीक्रोन देखिएकी अर्की वृद्धाको पनि मृत्यु भएको रोग नियन्त्रण तथा रोकथाम एजेन्सीले जानकारी दिएको छ ।

९० वर्षीया ती वृद्धामा २५ डिसेम्बरमा कोरोना संक्रमण पुष्टि भएको थियो । केडीसीएका अनुसार दुवै वृद्धामा क्यान्सर, मधुमेह, उच्च रक्तचाप लगायतका रोग समेत थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*