माओवादीको केन्द्रीय सदस्यमा मकवानपुरका २ जना महिला चयन

छहारी संवाददाता
पुस १९, २०७८

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनले केन्द्रीय सदस्यमा मकवानपुरका २ जना महिलालाई चयन गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले केन्द्रीय सदस्यमा मकवानपुरबाट कुमारी मोक्तान र मनकुमारी नेपालीको नाम घोषणा गर्नुभएको हो ।

बागमती प्रदेशसभा सदस्य एवम् सामाजिक विकास मन्त्रीसमेत रहनु भएकी मोक्तान जनजाति महिला कोटाबाट केन्द्रीय सदस्य बन्नु भएको हो भने नेपाली दलित कोटाबाट केन्द्रीय सदस्य बन्नु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*