मकवानपुरका सहकारीमा पनि तरलताको समस्या
बैकहरुमा जस्तै मकवानपुरका सहकारी संस्थाहरुमा पनि तरलताको समस्या देखिन थालेको छ । बैकहरुमा हरेक महिनाजसो बचत र मुद्धती रकममा व्याजदर बृद्धी गर्दा पनि तरलताको समस्या देखिएको छ । त्यो समस्या यहाँका सहकारी क्षेत्रमा पनि देखिन थालेको छ । सहकारीमा पनि ऋणका लागि माग धेरै आउन थालेको हो ।
बैकहरुले स्वीकृत भएको ऋण समेत दिन नसक्ने अवस्था आएपछी कुनैपनि क्षेत्रमा लगानी गर्नका लागि सहकारीतिर धाउन थालेको सहकारीका सञ्चालकहरु बताउँछन् । यसैक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरको आयोजनामा १७ औं स्थापना दिवसका अबसरमा तरलता व्यावस्थापन सम्वन्धी अन्तरक्रिया कार्यक्रम हेटौंडामा भएको छ । कार्यक्रममा सहकारीमा बढ्दै गएको तरलताका विषयमा छलफल भएको छ ।
सहकारी क्षेत्रमा देखिएको तरलता कम गर्नका लागि गर्न सकिने कामका विषयमा छलफल भएको हो । कार्यक्रमको उद्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले सहकारी क्षेत्रमा बैकमा जस्तो तललताको समस्या हुन नदिन सबै लाग्नुपर्ने बताउनुभयो । सहकारीका कारण अहिले गाउँदेखि शहर सम्म कुनैपनि क्षेत्रमा लगानी गर्नका लागि सहजता भएको बताउनुभयो । सहकारीले बचत गर्ने र ऋण परिचालन गर्ने मात्र भन्दा पनि आर्थिक उपार्जनका क्षेत्रमा काम गर्न मेयर महतले सुझाब दिनुभयो ।