माओवादीको निर्वाचन तालिका तेस्रो पटक संशोधन, सोमबार बिहानदेखि मतदान हुने

छहारी संवाददाता
पुस १८, २०७८

नेकपा माओवादी केन्द्रको निर्वाचन तालिका फेरि संशोधन भएको छ । सहमतिकै आधारमा नेतृत्वसहितको केन्द्रीय कमिटी घोषणा गर्नका लागि छलफल गरिरहेको माओवादी केन्द्रले आज आइतवार तेस्रो पटक तालिका संशोधन गरेको हो ।

माओवादी केन्द्रले यसअघि हिजाे शनिवार नै चुनाव गर्ने गरी कार्यतालिका सार्वजनिक गरेकोमा संशोधन तालिका सार्वजनिक गरेर आज दिउँसो २ बजेका लागि निर्वाचन तालिका सार्वजनिक गरेको थियो । अहिले फेरि अर्को तालिका सार्वजनिक गरेर दिउँसो ४ बजेदेखि ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ ।

नयाँ तालिकाअनुसार मतदान भने भोलि साेमवार बिहान ८ बजेदेखि तोकिएको छ । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*