अतिरिक्त शुल्क लिने मेडिकल कलेजको छानबिन गर्न गृह मन्त्रालयको निर्देशन
अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीको पठनपाठन रोकेका मेडिकल कलेजको छानबिन गर्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा अतिरिक्त शुल्क लिन दबाब दिँदै शुल्क नबुझाउने मेडिकल कलेजको छानबिन गरी प्रतिवेदन बुझाउन मन्त्रालयले निर्देशन दिएको, हेल्थपाटी डटकमले लेखेको छ । मन्त्रालयले पत्र लेख्दै ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, धनुषा, पर्सा, चितवन, कास्की, रुपन्देही, बाँके र जुम्ला जिल्ला प्रशासनलाई सो निर्देशन दिएको हो ।
तोकिएको भन्दा बढी शुल्क असुल्ने मेडिकल कलेजलाई कानुनको दायरामा ल्याउन आवश्यक पहल गर्न र सोको प्रतिवेदन पठाउँन गृहले निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगलाई बोधार्थ दिँदै गृहले १२ जिल्ला प्रशासन कार्यालयलाई पत्रचार गरेको हो। हेल्थपाटी डटकमले लेखेको छ ।