बर्ड फ्लू देखिएपछि ६ लाख बढी पक्षींहरु मारियो
बर्ड फ्लू देखिएपछि फ्रान्समा ६ लाख बढी पक्षींहरु मारिएको छ । त्यहाँका अधिकारीहरुले शुक्रबार बताए अनुसार २०१५ पछि चौथो पटक बर्ड फ्लू प्रकोप देखिने खतराका कारण पक्षींहरु मारिएको हो ।
कुखरा हाँस लगायत अन्य पक्षी गरि ६ लाख भन्दा बढी ६ लाख ५० हजार भन्दा कमको संख्यामा पक्षींहरु मारिएको ती अधिकारीले जानकारी दिएका छन् । फ्रान्सको कृषि मन्त्रालयका अनुसार दक्षिण–पश्चिम क्षेत्रमा १६ डिसेम्बरमा पहिलो केस फेला परेको थियो । अहिले त्यो ठाउँमा अध्याधिक प्रकोप छ, हेल्थ पाटी डटकमले लेखेको छ ।
ती क्षेत्रका २६ पोल्ट्री फार्ममा बर्ड फ्लू फैलिएको पाइएपछि पंक्षीहरु मारिएको कृषि मन्त्रालयले जनाएको छ । गत वर्षको जाडोमा फ्रान्समा ५०० भन्दा बढी पोल्ट्री फार्ममा संक्रमण फैलिएको थियो ।
३५ लाख भन्दा बढी पक्षीं विशेषगरी हाँस मारिएको थियो । जसका कारण सरकारले लाखौँ युरो मुआब्जा तिर्नु परेको थियो । यसअघि सन २०१५–१६ र २०१६–१७ को जाडो याममा फ्रान्समा बर्ड फ्लू प्रकोप फैलिएको थियो। बेल्जियम, बेलायत लगायतका केही युरोपियन देशमा पनि फ्लूको प्रकोप फैलिएको छ ।