राष्ट्रिय महिला लिग फुटबल आगामी माघ महिनाबाट सुरु हुने
राष्ट्रिय महिला लिग फुटबल आगामी माघ महिनाबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को महिला कमिटिले महिला लिग माघ १५ गतेबाट सुरु हुने जानकारी दिएको छ ।
महिला लिगमा ८ टिमको सहभागिता रहनेछ । लिगमा एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकाको सहभागिता रहने छ ।
धनगढी र ललितपुर उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताबाट राष्ट्रिय लिगका लागि छनोट भएको हो।छनौटमा धनगढी च्याम्पियन बनेको थियो भने ललितपुर उपविजेता बनेको थियो ।