लगातारको वर्षा पछि देशका विभिन्न स्थानमा हिमपात

सीमभञ्ज्याङ र अघोरमा हिमपात भएपछि हेटौंडा–काठमाण्डौ जोड्ने सडक अवरुद्ध
छहारी संवाददाता
पुस १४, २०७८

गएराती देखिको लगातारको वर्षा पछि देशका विभिन्न स्थानमा हिमपात भएको छ । वर्षा सुरु भएपनि मकवानपुरको सीमभञ्ज्याङ, अघोर, काठमाण्डौको चन्द्रागिरि, फुल्चोकी लगायतका डाँडामा हिमपात भइरहेको छ ।

त्रिभुवन राजपथ अन्तर्गत पर्ने सीमभञ्ज्याङ र अघोरमा हिमपात भएपछि हेटौंंडा–काठमाण्डौ जोड्ने सडक अवरुद्ध भएको छ । हिमपात भएपछि त्यहाँका किसान तथा व्यवसायीहरु भने खुसी भएका छन् ।

यस वर्ष समयमै हिउँ परेकाले हिउँदेबाली सप्रिने भन्दै किसान खुसी भएका हुन् । हिउ खेल्न जानेहरुका कारण आन्तरीक पर्यटन प्रवर्दन हुने व्यवसायीहरुको विश्वास छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*