फ्रिमिडिया नेटवर्क टिम र मकवानपुर प्रहरी प्रमुख गुरुङबीच छलफल

छहारी संवाददाता
पुस १३, २०७८

फ्रिमिडिया नेटवर्क टिम र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङबीच मंगलबार छलफल भएको छ । सुरक्षा र सूचना आदानप्रदानलाई थप सशक्त र प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने उद्धेश्यले छलफलको आयोजना गरिएको फ्रिमिडिया नेटवर्कले जानकारी दिएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महांघका संघीय कमिटी अध्यक्ष विपुल पोखरेलले सुरक्षा अंग, नागरिक समाज, पत्रकारबीच सूचना, समाचार सम्प्रेषणमा भएका कमिकमजोरी, गलत बुझाई, कानूनी पक्षका विषयमा थप सहज, र प्रभावकारी बनाउन छलफल जरुरी रहेको बताउनुभयो ।

उहाँले सञ्चारकर्मीका कुनै कमिकमजोरीहरु खुलेर राख्ने वातावरणका लागि फ्रिमिडियाको स्थापना भएको उल्लेख गर्नुभयो । छलफलमा बोल्दै प्रहरी उपरीक्षक गुरुङले अन्तर्कृया महत्वपूर्ण भएको बताउनुभयो । प्रहरीबाट मिडियालाई सूचना संप्रेषणमा केही कमजोरीहरु भएको आफूले महशुस गरिएको र छलफलमा आएका सुझावका आधारमा सुधार गर्दै लगिने उहाँको भनाई छ ।

प्रेस पासको दुरुपयोग भइरहेको आफूले पाएको र यसलाई रोक्न पत्रकार महासंघको विशेष भूमिकाको आफूले अपेक्षा गरेको प्रहरी उपरीक्षक गुरुङले बताउनुभयो । आगामी दिनमा छलफललाई थप प्रभावकारी बनाउन निरन्तरता दिइनुपर्नेमा उहाँले जोड दिनुभयो ।

छलफलमा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, उपाध्यक्ष सरला अधिकारी, बाल कल्याण समाजका प्रतिनीधि प्रकाश खतिवडा लगायत सञ्चारकर्मी एवम् नागरिक समाजका प्रतिनीधिहरुको उपस्थिति थियो । फ्रि मिडिया नेटवर्कमा पत्रकार, नागरिक समाजका प्रतिनीधि, नागरिक अभियन्ता, सामाजिक संस्थाका प्रतिनीधि, कानुनी संस्थाका प्रतिनीधि सम्मिलित छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*