मंगलबार मकवानपुरमा तीन जना कोरोना संक्रमित थपिए

ओम् फुयाल(अनिश आयु बाबा)
पुस १३, २०७८

मंगलबार मकवानपुरमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुने दुई जना हेटौंडा उपमहानगरपालिका र एक जना मकवानपुर गढी गाउँपालिकाको रहेका छन् । आज थपिएका संक्रमितसंगै मकवानपुरमा कुल संक्रमितको संख्या १५ हजार पाँच सय ६७ पुगेको छ ।

स्वास्थ्य कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४ जनाको एन्टिजेन र २८ जनाको पिसिआर विधिबाट कोरोना जाँच गरीएको हो । कोरोनाका कारण जिल्लामा हालसम्म १६७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका भित्रका ११९ र थाहा नगापालिकाका ९ जना रहेका छन् ।

यस्तै मनहरी गाउापालिकाको १४ जना, भिमफेदी गाउँपालिकाको ७ जना, मकवानपुर गढी गाउँपालिकाका ५ जना, बकैया गाउँपालिकाका ५ जना, बागमती गाउँपालिकाका ४ जना, कैलाश र राक्सीराको २र२ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयको रिपोर्टमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*