मकवानपुरका ६० प्रतिशत बालबालिकालाई कोरोनाविरुद्धको मोर्डना खोप दिइयो
मकवानपुरमा हालसम्म ६० प्रतिशत बालबालिकाले कोरोनाविरुद्धको मोर्डना खोप लगाएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार सोमबार सम्ममा जिल्लाका १० वटा पालिकाका मध्ये ९ पालिकाका ६० प्रतिशत बालबालिकाले खोप लगाएका हुन् । मकवानपुरमा १२ देखि १७ वर्ष उमेर समुहका ३३ हजार १ सय ६४ जना बालबालिबालिकाले खोप लगाएका छन् ।
पौष ४ गतेदेखि सुरु भएको खोप अभियानमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकामा १५ हजार ४ सय ३४ बालबालिकाले खोप लगाएका छन् । सबैभन्दा कम कैलास गाउँपालिकाका ४ सय २९ बालबालिकाले खोप लगाएका छन् ।
त्यस्तै, मनहरी गाउँपलिकामा ४ हजार ७ सय, थाहा नगरपालिकामा ३ हजार १ सय ८५, बकैया गाउँपालिकामा ३ हजार २ सय ६०, बागमती गाउँपालिकामा २ हजार ४८, मकवानपुरगढी गाउँपालिकामा १ हजार ८ सय ८४, भिमफेदी गाउँपालिकामा १ हजार ५ सय १२ ले खोप लगाएका छन् ।
यस्तै, इन्द्र सरोवर गउँपालिकामा ७ सय १३ बालबालिकालाई कोरोनाविरुद्धको मोर्डना खोप लगाइएको छ । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको तथ्यांक आइनसकेको स्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य निरिक्षक बासुदेव रिमालले जानकारी दिनुभयो । मकवानपुरमा पुस १४ गतेसम्म सम्म ५५ हजार बालबालिकालाई खोप दिने लक्ष्य स्वास्थ्य कार्यालयको रहेको छ ।