सोमबार मकवानपुरमा दुई जना कोरोना संक्रमित थपिए
सोमबार मकवानपुरमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुने दुबै जना हेटौंडा उपमहानगरपालिका रहेका छन् ।
स्वास्थ्य कार्यालय मकवानपुरले दिएको दिउँसो २ बजेसम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ८ जनाको एन्टिजेन र ३८ जनाको पिसिआर विधिबाट कोरोना जाँच गर्दा दुई जनामा संक्रमण देखिएको हो । आज थपिएका संक्रमितसंगै मकवानपुरमा कुल संक्रमितको संख्या १५ हजार पाँच सय ६४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक जना कोरोनामुक्त भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । कोरोनाका कारण जिल्लामा हालसम्म १६७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका भित्रका ११९ र थाहा नगापालिकाका ९ जना रहेका छन् ।
यस्तै मनहरी गाउापालिकाको १४ जना, भिमफेदी गाउँपालिकाको ७ जना, मकवानपुर गढी गाउँपालिकाका ५ जना, बकैया गाउँपालिकाका ५ जना, बागमती गाउँपालिकाका ४ जना, कैलाश र राक्सीराको २र२ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयको रिपोर्टमा उल्लेख छ ।
हालसम्म जिल्लामा २१९०३६ जनाले पहिलो र १५९८६४ जनाले पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।