कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट ८० वर्षका वृद्धको मृत्यु
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट अस्ट्रेलियामा पहिलो मृत्यु भएको छ । । न्यू साउथ वेल्स राज्यका एक ८० वर्षीय वृद्धको ओमीक्रोन संक्रमणबाट मृत्यु भएको रोयटर्सले जनाएको हेल्थपाटी डटकममा खबर छ । ।
सोमबार कोरोना संक्रमणबाट अस्ट्रलियामा ६ जनाको मृत्यु भएको थियो । त्यसमा एकजनामा ओमीक्रोन संक्रमण रहेको न्यू साउथ वेल्स राज्यका इपिडिमियोलोजिस्ट क्रिस्टिन सेल्भीले जानकारी दिएका छन् । सोमबार अस्ट्रेलियामा ९४०० भन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् ।