ओमिक्रोन भेरियन्टको जोखिम बढे पछि भारतको नयाँ दिल्लीमा रात्रिकालीन कर्फ्यु

छहारी संवाददाता
पुस १२, २०७८

कोरोनाको ओमिक्रोन भेरियन्ट फैलने खतरा बढेपछि भारतको राजधानी नयाँ दिल्लीमा रात्रिकालीन कर्फ्यु लगाइने भएको छ ।

दिल्ली सरकारले आजदेखि राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने घोषणा गरेको हो । हिजो दिल्लीमा २ सय ९० जना नयाँ सङ्क्रमित भेटिए पछि र सङ्क्रमित एक जनाको ज्यान गएपछि सरकारले रात्रिकालीन कर्फ्यु लगाउने निर्णय गरेको हो ।

कोरोनाको सङ्क्रमण फेरि बढे पछि भारतका अन्य राज्यले पनि रात्रिकालीन निषेधाज्ञा लगाइरहेका छन् भने भीडभाडमा पनि रोक लगाइएको छ । भारतमा अहिलेसम्म चार सयभन्दा धेरैमा कोरोनाको ओमिक्रोन भेरियन्ट देखिएको छ । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*