माओवादी केन्द्रको आठाैँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदै

छहारी संवाददाता
पुस १२, २०७८

काठमाण्डौमा हिजोदेखि सुरु भएको नेकपा (माओवादी केन्द्र)को आठाैँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ ।

प्रज्ञा भवन कमलादीमा ११ बजेदेखि बन्दसत्र सुरु हुने माओवादीले  जनाएको छ । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदन पेस हुनेछ ।

बन्दसत्रमा कुल एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने माओवादीले जनाएको छ । बन्दसत्रमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल गर्ने कार्यक्रम छ । माओवादीले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरिसकेको छ । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*