कमजोरी सुधार्दै आगामी दिनमा पत्रकारसंग सहजीकरण गर्छौं: बागमती प्रदेश प्रमुख

छहारी संवाददाता
पुस ११, २०७८

नेपाल पत्रकार महासंघ अन्तरगतको फ्रिमिडिया नेटवर्कको टोलिले बागमती प्रदेश प्रमुख यादव चन्द्र शमालाई भेटि सञ्चार क्षेत्रका चुनौति र पत्रकारले रिपोटिङका क्रममा भोग्नु परेका समस्याको विषयमा छलफल गरेको छ ।

नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको नेतृत्वमा गएको  टोलीले आइतबार  प्रदेश प्रमुख शर्मालाई भेटि समाचार संकलनका क्रममा पत्रकारलाई गरिएको निषेधका विषयमा छलफल गरेको हो । बागमति प्रदेश प्रमुखको कार्यालयले प्रदेश सरकारका मन्त्रि तथा राज्य मन्त्रीहरुको पद तथा गोपनियताको सपथग्रहण कार्यक्रममा पत्रकारलाई प्रवेश निषेध गरेको थियोे ।

फ्रिमिडिया नेटवर्कको टोलिसंगको छलफलमा प्रदेश प्रमुख शर्माले व्यवस्थापनमा केही कमजोरी भएकाले आगामि दिनमा त्यसलाई सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झा, पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, प्रेस युनियन मकवानपुर अध्यक्ष कुमार अधिकारी (पोष्टराज), पत्रकार महासंघ मकवानपुरका सह सचिव एम पि शर्मा, नेपाल पत्रकार महासंघ केन्द्रका कार्यक्रम प्रबन्धक शंघर्ष पन्त, एलर्टका कार्यक्रम संयोजक बिजय क्षेत्री, प्रदेश प्रमुखको कार्यालयलका सचिव सिवराम न्यौपान ,प्रदेश प्रमुखका प्रमुख स्वकिय सचिव पारसमणि फुयाल, प्रदेश प्रमुखका प्रेस संयोजक शिव चौलागाई लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*