क्रिसमस डेको अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा शुभकामना व्यक्त
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले इसाइ धर्मावलम्बीहरुको महान पर्व क्रिसमस डेको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । उहाँले आज एम शुकामना सन्दैश जारी गरी स्वदेश तथा प्रवासमा रहेका सम्पूर्ण इसाइ धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, सहिष्णुता, एकता र उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको हो ।
मुख्यमन्त्री पाण्डेले क्रिसमसले आपसी आत्मीयता¸ आपसी समझदारी¸ एकता¸ सामाजिक सद्भाव कायम गर्दै देशको समृद्धि एवं अमन चयन कायम गर्ने वातावरण निर्माण भै समृद्ध नेपाल र समुन्नत बागमती प्रदेश निर्माण गर्ने तर्फ उत्प्रेरणा मिलोस भन्ने कामना गर्नु भएको छ ।
साथै उहँँले विश्वभर फैलिएको कोभिड १९ को पछिल्लो भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दो क्रममा रहेको हुँदा नेपाल सरकारबाट जारी भएको स्वास्थ्य सम्बन्धी नियमहरुको पालना गर्दै र सतर्कता अपनाइ पर्व मनाउनु सम्पूर्ण नेपालीमा आग्रह समेत गर्नु भएकोे छ । उहाँले सामाजिक तथा भौतिक दुरी कायम गरी मौलिक सांस्कृतिक पर्वहरूको संरक्षण एवं सम्बर्द्धन गर्न सबैमा आव्हान गर्नुभएको छ ।