एमालेको अवरोधपछि बागमती प्रदेशसभा बैठक अनिश्चित कालको लागि स्थगित

छहारी संवाददाता
पुस ८, २०७८

बिहिबार बसेको बागमती प्रदेशसभा बैठक पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोध पछि अनिश्चितकालको लागि स्थगित भएको छ ।

बैठकको सुरुमै एमालेका सांसदहरुले उठेर विरोध गरेपछि बैठक अघि बढ्न सकेन । सांसद केशव पाण्डेले संसदको हिजोको बैठकमा उठेका प्रश्नको चित्त बुझ्दो जवाफ नदिएसम्म संसद चल्न नसक्ने भन्दै विरोध गर्नु भएको थियो ।

बैठकमा सभामुख सानुकुमार श्रेष्ठले बिहिबार प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन, प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक पेश गर्ने कार्यसूचि रहेको जानकारी गराउनु भएको थियो ।

तर एमालेका सांसदहरुले मूख्यमन्त्री राजेन्द्र पाण्डेले संसदमा उठेका प्रश्नको जवाफ नदिएसम्म अवरोध जारी राख्ने बताएपछि सभामुख श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी गराउनुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*