कांग्रेस प्रदेश २ अधिवेशन : ढिलाे गरी सुरु भयो मतदान

छहारी संवाददाता
पुस ८, २०७८

नेपाली कांग्रेस प्रदेश २ अधिवेशनअन्तर्गत बिहीबार बिहान ढिलो गरी मतदान सुरु भएको छ। आज बिहान ८ बजेदेखि सुरु गर्ने भनिएको मतदान करिब साढे ९ बजे सुरु भएको हो।

प्रदेश सभापतिका दुई उम्मेदवारले मत हालेर मतदान सुरु गरिएको हो। मतदानमा पहिलो मत कृष्ण यादवले खसाले। त्यसपछि उपसभापतिका उम्मेदवार वीरेन्द्र सिंह र त्यसपछि सभापतिका उम्मेदवार रामसरोज यादवले मत खसाएका छन्।

एउटा बुथमा २–२ जिल्लाको मत खसाल्ने व्यवस्था मिलाइएको छ। सप्तरी–सिरहा, धनुषा–महोत्तरी, सर्लाही–रौतहट र बारा–पर्साको लागि छुट्टाछुट्टै बुथ बनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*