नेकपा माओवादी केन्द्र प्रदेश-१ अध्यक्षमा नेम्वाङ विजयी

छहारी संवाददाता
पुस ८, २०७८

नेकपा माओवादी केन्द्रको प्रदेश-१ काे अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी हुनुभएको छ ।

अध्यक्षका प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बोलाई १ सय ५ मतले पराजित गरी नेम्वाङ विजयी हुनुभएको हो । नेम्वाङले १६९  मत तथा मेन्याङ्बोले ६४ मत प्राप्त गर्नुभयो । त्यस्तै तीन जना उपाध्यक्षमा देवान चाम्लिङ, शिवकुमार डाँगी र मणिकुमार साम्पाङ निर्वाचित हुनुभएको छ ।

एक जना सचिवमा गणेश उप्रेती (सुशील) विजयी हुनुभएको छ । त्यस्तै तीन जना सहसचिवमा कुमारी राई, ऋषिराम ढुङ्गाना र सागर किराँती तथा कोषाध्यक्षमा रेवतराज पुरी (गगन) विजयी हुनुभएको छ ।  साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*