१९ वर्षमुनिको एसिया कपमा नेपाल र बङ्गलादेश भोली भिड्ने

छहारी संवाददाता
पुस ८, २०७८

१९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपाल र बङ्गलादेशबीच आज हुने भनिएको खेल भोलिका लागि सरेको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी)ले नेपाल र बङ्गलादेशबीचको खेल एक दिनपछि सरेको जनाएको हो ।

यसअघि नेपाल र बङ्गलादेशबीचको खेल यूएईको सारजाहमा आज हुने तालिका थियो । समूह ‘बी’ मा नेपालसँगै बङ्गलादेश, श्रीलङ्का र कुवेत रहेका छन् । समूह ‘ए’ मा आयोजक यूएई, भारत, पाकिस्तान र अफगानिस्तान छन् ।

समूह ‘ए’ अन्तर्गत आज हुने खेलमा भारत र यूएई तथा पाकिस्तान र अफगानिस्तान खेल्दैछन् । दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*