नेपालमा थप एक जनामा ओमीक्रोन भेरियन्ट पुष्टिः स्वास्थ्य मन्त्रालय

छहारी संवाददाता
पुस ७, २०७८

नेपालमा थप एक जनामा ओमीक्रोन संक्रमण पुष्टि भएको छ । जिन सिक्वीन्सिङका क्रममा एक पुरुषमा ओमीक्रोन भेरियन्ट देखा परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा.संगीता कौशल मिश्राले जानकारी दिनुभएको हो।

उहाँका अनुसार हालसम्म २ हजार ३८ जनाको जिन सिक्वीन्सिङ गरिएको छ। जसमा २२ डेल्टा भेरियन्ट र एक जनामा ओमीक्रोन भेरियन्ट देखिएको छ, हेल्थपाटी डटकमले लेखेको छ ।

ओमीक्रोन संक्रमण देखिएकाा ९८ वर्षीय घरमै आइसोलेसनमा रहनुभएको र उहाँ स्वास्थ्य मन्त्रालयको निगरानीमा रहनुभएको डा.मिश्राले जानकारी दिनुभयो । यसअघि नेपालमा २ जनामा  ओमीक्रोन भेरियन्ट फेला परेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*