एमालेको अवरोधपछि बुधबारको बागमती प्रदेशसभा बैठक स्थगित

छहारी संवाददाता
पुस ७, २०७८

बुधबार बसेको बागमती प्रदेशसभा बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोध पछि स्थगित भएको छ ।

मूख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रालय विभाजना गरी १४ ओटा बनाएको, मुख्यमन्त्रीले धादिङको कार्यक्रममा नेकपा एकीकृत समाजवादीको कमिटी गठन गरेमात्र बजेट उपलब्ध गराउने अभिव्यक्ति दिएको, सुरूङ मार्ग र विद्युतीय बसको बजेट रोकेको लगायतका विषयलाई लिएर एमालेले प्रदेशसभा अवरुद्ध गरेको हो ।

एमाले नेता तथा पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले बैठकको सुरुमै समय लिएर बेल्दै चित्त बुझ्दो जवाफ नआएसम्म संसद चल्न नदिने भन्दै विरोध जनाएपछि बैठक स्थगित भएको पत्रकार श्रीजना नेपालले जानकारी दिनुभयो । अर्को बैठक बिहीबार बिहान ११ बजेको लागि बोलाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*