३३ वर्षीया महिलाको कलेजोमा भेटियो गर्भ

छहारी संवाददाता
पुस ७, २०७८

चिकित्सा क्षेत्रमा एक दुलर्भ टना फेला परेको छ। उत्तर अमेरिकी देश क्यानडाकी एक महिलाको कलेजोमा भ्रुण अर्थात गर्भ हुर्किरहेको पाइएको छ।

क्यानडाका एक बालरोग विशेषज्ञ डा. माइकल नार्वेले टिकटकमार्फत सेयर गरेको भिडियो जानकारी अनुसार ३३ वर्षीया महिला महिनाबारीमा रक्तश्राव भएको समस्या लिएर डाक्टर कहाँ पुगेकी थिइन् , हेल्थपाटी डटकममा खबर छ ।

महिनाबारी भएको १४ दिनसम्म पनि उनको रक्तश्राव भइरहेपछि उनी जाँच गर्न गएको थिइन् । उनको समस्या पहिचान गर्ने क्रममा उनको कलेजोमा भ्रुण विकसित भएको पाइयो ।

यो एक दुर्लभ प्रकारको ‘एक्टोपिक प्रेग्नेन्सी’ भएको डा.नार्वेले बताएका छन् । पाठेघरको भाग भन्दा बाहिर गर्भ विकास हुनुलाई ‘एक्टोपिक प्रेग्नेन्सी’ अर्थाात अस्वभाविक गर्भवती भनिन्छ । ‘एक्टोपिक प्रेग्नेन्सी’ का अन्य खालका घटना यसअघि पाइएको भएपनि आफ्नो अनुभवमा कजेलोमा गर्भ विकास भएको पहिलो घटना भएको उनले भनेका  छन्।

यसमा महिलाको अण्ड निशेचन भई अन्य पाठेघर भन्दा बाहिरको भागमा गएर टास्सिने गर्छ । पेट या अन्य भागमा पनि यस्ता गर्भ बस्न सक्छन्। पेटमा गर्भ बसेका घटना यदाकदा सुनिए पनि कजेलोमा बसेको भनै निकै दुर्लभ  घटना भएको डा.माइलकले भनेका छन् ।

यो प्रायगरी यस्ता गर्भलाई फलोपियन ट्यूबहरूमा सारेर पनि बचाइने गरिन्छ । गर्भाशय बाहिर, यस्तो भ्रुण बाँच्न र राम्रोसँग बढ्न सक्दैनन् । ‘एक्टोपिक प्रेग्नेन्सी’ आमा र बच्चा दुवैको लागि खतरनाक हुन्छ । ती महिलाको शल्यक्रिया गरी कलेजोबाट भ्रुण निकालिएको छ । महिलालाई बचाउँन सकिए पनि भ्रुणलाई भने बचाउन नसकिएको डा.माइलकले बताएका छन् ।डेलीमेलबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*