काेराेना खोप अभियान प्रभावित हुन नदिन भारतबाट ५० लाख सिरिन्ज नेपाल ल्याइँदै

छहारी संवाददाता
पुस ७, २०७८

कोरोना विरुद्धको खोप अभियानलाई प्रभावित हुन नदिन सिरिन्जको आपूर्ति थालिएको सरकारले जनाएको छ । केही जिल्लामा अहिले सिरिन्ज अभाव भएको खबर आउन थालेको छ  । तर, अभाव भएका ठाउँमा पठाउन केन्द्रसँग नै सिरिन्ज छैन ।

सिरिन्जको अभावका कारण खोप अभियान प्रभावित नहोस् भन्नका लागि भारतबाट ५० लाख सिरिन्ज ल्याउने तयारी भइसकेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बढेबाबु थापाले जानकारी दिनुभयो । उहाँकाअनुसार केन्द्रीय भण्डार अहिले रित्तो छ । तर, आउँदो शनिबार भारतबाट ५० लाख सिरिन्ज आउने निश्चित भएकाले समस्या नहुने उहाँको भनाई छ ।

सिरिन्ज आउनासाथ अभाव भएका ठाउँमा पठाइने पनि उहाँले बताउनुभयो । कोरोना विरुद्धको ओमिक्रोन भेरियन्ट देखिएसँगै सरकारले खोप अभियानलाई तीब्रता दिएको छ । यसकै कारण पनि सिरिन्जको माग धेरै छ ।

अहिले देशभर एक करोड २२ लाख ४० हजार डोज खोप मौज्दात छ । तर, खोप अभियानले सोचे जति गति लिन नसकेको जनस्वास्थ्यविद्हरुले बताएका छन् । यसैबीच, विज्ञले अहिले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई वितरण भइरहेको खोप सुरक्षित भएकाले ढुक्क भएर लगाउन सुझाव दिएका छन् । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*