माओवादी केन्द्र बागमती प्रदेशको अध्यक्षमा पौडेल र उपाध्यक्षमा मकवानपुरका पुलामी विजयी

छहारी संवाददाता
पुस ६, २०७८

नेकपा माओवादी केन्द्रको बागमती प्रदेश अध्यक्षमा सरल सहयात्री पौडेल विजयी हुनुभएको छ ।

बागमती प्रदेशको नेतृत्व चयन गर्न हिजो भएको मतदानको मतपरिणाम अनुसार पौडेलले अर्का प्रतिस्पर्धी दिनानाथ गौतमलाई ७६ मतले पराजित गर्नुभएको हो । दुई सय ६१ मत खसेकोमा पौडेलले १६२ र गौतमले ८६ मत प्राप्त गर्नुभयो ।

बागमती प्रदेशको उपाध्यक्षमा रुपा मर्हजन, रामप्रसाद ढुङ्गाना र मकवानपुरका प्रेम बहादुर पुलामी (छिन्तु) विजयी हुनुभएको छ । महर्जनले १७८, ढुङ्गानाले १०१ र पुलामीले १३८ मत प्राप्त गर्नुभयो । यसैगरी सचिवमा काभ्रेका इन्द्रबहादुर थिङ निर्वाचित हुनुभयो । उहाँले १४९ मत ल्याउनुभयो ।

यस्तै सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ तथा कोषाध्यक्ष सङ्गीता भट्टराई विजयी हुनुभएको छ । बुर्लाकोटीले ११५, लामिछानेले १०९ र श्रेष्ठले १०८ मत प्राप्त गरेको केन्द्रको निर्वाचन समितिले जनाएको छ । कोषाध्यक्ष भट्टराईले १५३ मत प्राप्त गर्नुभएको छ । माओवादी केन्द्रले यही पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*