कोभिड विरुद्धको फाइजर खोप लगाएका २६ वर्षीय युवकको मृत्यु
न्युजिल्याण्डमा कोभिड–१९ विरुद्धको खोप लगाएका एक युवकको मृत्यु भएको छ ।
दुई साता अगाडि कोभिड–१९ विरुद्धको फाइजर खोप लगाएका २६ वर्षीय युवकको मृत्यु भएको न्युजिल्याण्डको खोप सुरुक्षा बोर्डका अधिकारीहरुलाई उद्धृत गर्दै रोउटर्सले खबर दिएको छ । रोयटर्सका अनुसार ती युवकको मायोकार्डाइटिस(मुटुको मांशपेसी सुन्निने)बाट भएको हो ।
प्राप्त जानकारीहरु हेर्दा ती व्यक्तिलाई खोकै कारणले मायोकार्डाइटिस भएको अनुमान गरिएको खोप स्वतन्त्र सुरक्षा निगरानी बोर्डले निकालेको विज्ञप्तिमा भनिएको छ । मायोकार्डाइटिस भनेको मुटुको मांसपेशीको सुन्निने समस्या हो । जसले रगत पम्प गर्ने अंगको क्षमतालाई सीमित गर्न सक्छ र मुटुको चालमा गडबडी गर्छ ।
ती व्यक्तिले आफूलाई देखिएको साइट इफेक्टका बारेमा चिकित्सकसँग सल्लाह र उपचार नलिएको पाइएको बोर्डले जनाएको छ । न्युजिल्याण्डमा भएको यो घटनाको बारेमा बारेमा जानकारी भएको र रिपोर्टहरु अध्ययन भइरहेको फाइजरका प्रवक्ताले बताएका छन् ।
यसअघि न्युजिल्याण्डमै फाइजर खोप लगाएकी एक महिलाको गत अगष्टमा यस्तै साइट इफेक्ट देखिएर मृत्यु भएको थियो । १३ वर्षीय बालकसहित २ जनाको पनि खोपपछि मायोकार्डाइटिसको समस्या देखिएर मृत्यु भएको बोर्डले भनेको छ । यी घटनाबा बाबजुद पनि जोमिख भन्दा सुरुक्षामा नै खोपको भूमिका अधिक रहेको बोर्डले सूचित गरेको छ । साभारः हेल्थपाटी डटकम ।