सार्वजनिक स्थान जान कोभिड विरुद्ध खोप लगाएको प्रमाण पत्र देखाउनु पर्ने
नयाँ भेरियन्टसहित कोभिड–१९ संक्राणको जोखिम बढेपछि श्रीलंकाले सावधानीका उपायहरु कडा बनाउँदै लगेको छ । अब श्रीलंकामा सार्वजनिक स्थान जानका लागि कोभिड–१९ विरुद्ध खोप लगाएको प्रमाण पत्र देखाउनु पर्ने भएको छ ।
समाचार एजेन्सी एपीले दिएको खबर अनुसार श्रीलंकाका पर्यटन मन्त्री प्रसन्ना गुणतुंगाले आइतबार यस्तो नियम घोषणा गरेका हुन् । यो नियम जनवरी १ देखि लागू हुनेछ, हेल्थपाटी डटकमले लेखेको छ ।
डेल्टा गत अप्रिलमा कोभिड–१९ को तेस्रो लहर आएपछि कडा पारिएको प्रतिबन्ध अक्टुबरदेखि खुकुलो बनाइदै लगिएको थियो । अहिले कोभिड–१९ का कारण लगाइएको प्रतिबन्ध लगभग अन्त्य भएजस्तै थियो ।
अहिले सार्वजनिक स्थानमा मास्क अनिवार्य मास्क लगाउन र दूरी कायम गर्नका लागि कडाइ गर्न थालिएको छ । सार्वजनिक सवारीमा प्रतिबन्ध लगाइएको र ठूलो मात्रामा जमघट गर्ने कार्यलाई निरुत्साहित गरिएको एपीले जनाएको छ ।
संक्रमणको पिक अवस्थामा श्रीलंकामा दैनिक ३ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको थियो भने २०० को मृत्यु हुने गरेको थियो । अहिले दैनिक संक्रमण ७०० आसपास हुँदा मृत्यु २० को आसपास छ ।