त्रिभुवन मामिा विद्यार्थीहरूका लागि निशुल्क स्वास्थ्य शिविर सञ्चालन
हेटौंडा ११ नवलपुर रहेको त्रिभुवन माध्यमिक विद्यालयमा विद्यार्थीहरूका लागि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
छहारी युवा सेवा समाजको आयोजनामा आइतबार कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूका लागि शिविर सञ्चालन गरिएको हो । शिविरमा २६५ जना विद्यार्थीहरूकाृ स्वास्थ्य परीक्षण गरिएको छ । वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर हरि बहादुर खड्का, डाक्टरहरू सगुन थापा, नेहा गुप्ता लगाएत अन्य स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गर्नु भएको हो ।
विद्यालय प्रधानाध्यापक नारायण प्रसाद भण्डारीको विशेष आतिथ्यतामा सम्पन्न स्वास्थ्य शिविरमा स्वास्थ्यकर्मी तथा सहयोगीहरूलाई प्रमाणपत्रका साथ सम्मान गरिएको थियो । क्लब अध्यक्ष गोकुल बिँडारीको सभाध्यक्षतामा भएको उक्त कार्यक्रम सुदीप श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।