मकवानपुरमा आइतबार ३ जनामा कोरोना पुष्टि, ६ जना निको भए
मकवानपुरमा आइतबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २३ जनाको पीसीआर र ६ जनाको एन्टिजेन परिक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यसैबीच मकवानपुरमा अहिलेसम्म कोरोना पुष्टि भएका १५ हजार ५ सय ३५ जना मध्ये १५ हजार २ सय ६७ जना निको भएका छन् ।
आज मात्रै ६ जनाले कोरोना जितेका कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार अहिले जिल्लामा १०१ जना सक्रिय संक्रमित छन् । यस्तै कोरोना संक्रमणका कारण मकवानपुरमा हालसम्म १६७ जनाको मृत्यु भएको कार्यालयले जानकारी दिएको छ ।