सर्वदलीय बैठकअघि सत्ता गठबन्धनको बैठक बस्दै

छहारी संवाददाता
पुस ४, २०७८

सत्ता गठबन्धनमा रहेका पाँच दलको बैठक बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठकको तयारी भएको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आइतबार सर्वदलीय बैठक बस्दैछ। त्यसअघि सत्ता गठबन्धनको बैठक बस्न लागेको हो। बैठकमा संसदको गतिरोध अन्त्यका लागि गठबन्धनका तर्फबाट गर्न सकिने प्रयासबारे छलफल हुने जनाइएको छ।

संसदमा जारी अवरोधलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका छन्। अपराह्न ४ बजे बस्ने बैठकमा संसदमा सहभागी सबै दलका शीर्ष नेताहरूलाई बोलाइएको छ।

तर नेकपा एमालेले भने नजाने बताएको छ। विगत लामो समयदेखि नेकपा (एमाले) ले अवरोध गर्दै आएकाले दुवै सदनका काम कारवाही प्रभावित हुँदै आएको छ। साभारः देशसञ्चार डटकम ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*