हेटौंडाको भुटनदेवि माविबाट बालबालिकालाई मोडर्ना खोप लगाउने अभियान सुरु

छहारी संवाददाता
पुस ४, २०७८

हेटौंडाको भुटनदेवि माध्यमिक विद्यालयबाट बालबालिकालाई मोडर्ना खोप लगाउने अभियानको शुभारम्भ गरिएको छ । हेटौंडा–४ मा रहेको भुटनदेवि माविमा अध्ययनरत १२ वर्ष देखि १८ वर्षसम्मका विद्यार्थीलाई मोडर्ना खोप लगाउने कार्यक्रमको शुभारम्भ भएको हो ।

नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले स्वास्थ्यकर्मीलाई उक्त खोपको बाकस हस्तान्तरण गर्दै नेपालभर बालबालिाकालाई बिद्यालयमै खोप लगाउने कार्यक्रमको शुभारम्भ गर्नुभयो । नेपालभरीमै पहिलो पटक हेटौंडालाई केन्द्र बनाएर बालबालिाकालाई खोप दिने कार्यको सुरुवात गरिएको मन्त्री खतिवडाले बताउनुभयो ।

खोप कार्यक्रममा उत्साहपूर्वक सहभागिता जनाउन उहाले आग्रह समेत गर्नु भएको छ । विद्यार्थीहरुलाई सहज होस् भन्ने उदेश्यले देशभर विद्यालयमै खोप लगाउने व्यवस्था मिलाइएको उहाँको भनाई छ । मन्त्री खतिवडाले सम्पूर्ण विद्यार्थीहरुलाई खोप अनिर्वाय रहेको र सरकारसंग खोप पर्याप्त रहेको भन्दै ढुक्क भएर खोप लगाउन अनुरोध गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थयमन्त्री निमा लामाले प्रदेशमा दुइलाख भन्दा धेर बालबालिकाले कोरोना बिरुद्धको खोप लगाउने बताउनुभयो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा, स्वास्थ्य कार्यलय मकवानपुरका प्रमुख प्रणय कुमार उपाध्याय लगाएत स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*