कोरोना भाइरसविरुद्धका दुवै मात्रा खोप लगाएका वृद्धको कोरोनाकै कारण मृत्यु भएको छ ।
बैतडीको दशरथचन्द नगरपालिका–१ गुरुखोलाका ८५ वर्षीय पुरुषको मृत्यु भएको हो । जिल्ला अस्पतालमा उपचाररत ती वृद्धको शनिबार मृत्यु भएको जिल्ला अस्पतालका सूचना अधिकारी हरिषप्रसाद पन्तले जानकारी दिनुभयो ,हेल्थपाटी डटकममा खबर छ ।
पन्तका अनुसार ती स्वास्थ्यमा समस्या देखिएपछि ती वृद्ध बिहीबार बेलुका ५ बजे अस्पताल भर्ना भएका थिए । लक्षण मिल्दोजुल्दो देखिएकाले परीक्षण गर्दा उनमा कोभिड–१९ संक्रमण देखियो । त्यसपछि उपचारका क्रममा उनको मृत्यु भयो ।
अस्पताल आउँदा उनको शरीरमा अक्सिजनको लेभल ७५ प्रतिशत भन्दा कम थियो । दुवै मात्रा कोभिशिल्ड खोप लगाएका ती वृद्धलाई अक्सिजन कम र शरिरमा अत्याधिक ‘इन्फेक्सन’ भएर मृत्यु भएको अस्पतालले जनाएको छ ।