कोरोनाको ओमीक्रोन भेरियन्टबाट ७ जनाको मृत्यु
बेलायतमा कोरोना भाइरसको नयाँ भेरियन्छ तीब्र गतिमा फैलिएको छ । त्यहाँ डिसेम्बर १७ साँझ ६ बजेसम्म २४ हजार ९६८ मा ओमीक्रोन भेरियन्ट पुष्टि भएको त्यहाँको स्वास्थ्य सुरक्षा एजेन्सीले जानकारी दिएको छ । ओमीक्रोन भेरियन्ट संक्रमित भएका ७ जनाको मृत्यु भइसकेको स्वास्थ्य सुरक्षा एजेन्सीले शनिबार रिपोर्टमा भनेको छ ।
स्वास्थ्य सुरक्षा एजेन्सीका अनुसार १६ देखि १७ डिसेम्बरमा मात्रै थप १० हजारमा ओमीक्रोन भेरियन्ट पुष्टि भएको छ, हेल्थपाटी डटकममा खबर छ । गम्भीर बिरामी परेका ८५ ओमीक्रोन संक्रमितको अस्पतालमा उपचार भइरहेको छ । बेलायतमा डेल्टा भेरियन्ट र ओमीक्रोन भेरियन्ट सहितको संक्रमणले उग्र रुप लिइरहेको छ ।
ओमीक्रोनबाट संक्रमण हुनेमा मृत्यु र अस्पताल भर्ना हुनेदर डेल्टाको तुलनामा कम या बढी कस्तो हुन्छ भन्नेमा अझै यकिन भइनसकेको स्वास्थ्य सुरक्षा एजेन्सीका अधिकारीहरुले बताएका छन् । अहिले विश्वका करिब ८० देशमा ओमीक्रोन फेला परेपनि बेलायतमा बाहेक मृत्युको केस आएको छैन ।