नेकपा समाजवादी बागमती प्रदेश समितिको प्रथम बैठक, भेला तथा प्रशिक्षण हेटौंडामा सम्पन्न

छहारी संवाददाता
पुस ३, २०७८

हेटौंडामा शनिबार नेकपा समाजवादी बागमती प्रदेश समितिको बैठक र कार्यालय उद्घाटन सम्पन्न भएको छ ।

समितिको प्रथम बैठक, भेला तथा प्रशिक्षण हेटौंडामा सम्पन्न भएको हो । बागमती प्रदेश ईन्चार्ज इन्द्रप्रसाद तिमल्सिनाको अध्यक्षता तथा केन्द्रिय संयोजक राजु कार्कीको प्रमुख आतिथ्यतामा प्रथम बैठक सम्पन्न भएको हो । आज बसेको पार्टीको प्रथम बैठकले प्रदेशको कार्यसमिति चयन गर्नेछ ।

कार्यक्रममा नेकपा समाजवादीका केन्द्रिय प्रवक्ता मान बहादुर तामाङ लगायत विभिन्न जनवर्गिय संगठनका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । यस्तै पार्टीको बागमती प्रदेशको मुख्य कार्यालयसंगै मकवानपुर जिल्ला समिति कार्यालयको पनि उद्घाटन भएको छ ।

कार्यालय उद्घाटन गर्दै केन्द्रिय संयोजक राजु कार्कीले सातै प्रदेश मध्ये पहिलो हेटौंडामा प्रदेश कार्यालय स्थापना गरिएको बताउनुभयो । उहाँले समाजवादी पार्टीले अब शान्तिपूर्ण लडाई लड्ने बताउनुभएको छ । अबको चुनावमा नेकपा समाजवादी बैकल्पिक शक्तिको रुपमा उदाउने उहाँको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*