गणपति बचत तथा ऋण सहकारीका १० औं साधारण सभा सम्पन्न
गणपति बचत तथा ऋण सहकारी संस्था लिमिटेड मकवानपुरको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शनिबार भैंसेमा भएको साधारणसभाको उद्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर मतले सहकारीले आर्थिक क्षेत्रमा निकै परिवर्तन ल्याएको बताउनुभयो । सहकारीले पैसा बचत गर्ने र ऋण परिचालन गर्ने मात्र नभई रोजगारी सृजना गर्ने काम पनि गरेको उहाँले बताउनु भयो ।
सहकारीका कारण थोरै रकमका लागि बैंकसम्म धाउनुपर्ने बाध्यता हटेको समेत मेयर महतले बताउनुभयो । कार्यक्रममा बागमती प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाई, हेटौंडा–६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाई लगायतको आतिथ्यता रहेको थियो ।