हेटौडामा भएको मैत्रीपूर्ण फुटबलमा महिला अधिकारकर्मी विजयी

छहारी संवाददाता
पुस ३, २०७८

हेटौडामा शनिबार भएको मैत्रीपूर्ण फुटबल खेलमा महिला अधिकारकर्मीको समूह विजयी भएको छ ।

मकवानपुरका पत्रकार महिला र महिला अधिकारकर्मीबीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा महिला अधिकारकर्मी १–० गोल अन्तरले विजयी भएको हो । अधिकारकर्मीको तर्फबाट मनिता दानिले निर्णायक गोल गर्नुभयो । दानीले खेलको दोश्रो हाफमा गोल गर्नु भएको हो ।

हेटौंडा–५ क्याम्पाडाँडामा निर्माणाधिन मिनि रंगशालामा खेल भएको हो । निकै रोमाञ्चक भएको पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफको सुरुवातमै महिलाअधिकारकर्मीको तर्फबाट गोल भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, उपाध्यक्ष सरला अधिकारी, गैरसरकारी संस्था महासंघ जिल्ला उपाध्यक्ष रमिला सापकोटा, माइती नेपाल मकवानपुरकी कार्यक्रम संयोजक माया लामा, महिला फिफा रेफ्रि कल्पना शर्मा लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*