६७ देशबाट नेपाल आउँदा सात दिन होटल क्वरेण्टीन अनिवार्य
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएका ६७ देशबाट नेपाल आउँदा सात दिन होटल क्वरेण्टीन अनिवार्य गरिएको छ ।
अध्यागमन विभागले विज्ञप्ति निकालेर विभिन्न ६७ देशबाट नेपाल आउनेहरूलाई होटल क्वरेण्टीन अनिवार्य गरेको हो । होटल क्वरेण्टीन बस्दाको खर्च सम्बन्धित व्यक्तिले नै तिर्नुपर्ने विभागले जनाएको छ ।
विभागकाअनुसार ७ दिन होटल क्वरेण्टीन बसिसकेपछि कोरोना परीक्षण गराउनुपर्नेछ । रिपोर्ट नेगेटिभ आए फेरि ७ दिन घरमै क्वरेण्टीन बस्नुपर्नेछ।
नतिजा पोजिटिभ आएका व्यक्तिलाई तोकिएका आइसोलेशन केन्द्र वा अस्पताल पठाइने विभागले जनाएको छ । छिमेकी देश भारतसहित एसियाली देशहरुमा पनि ओमिक्रोन फैलिँदै गएकाले कडाइ गरिएको हो । साभारः उज्यालो अनलाइन ।