पोखराकाे वायु प्रदूषण स्वास्थ्यका लागि घातक अवस्थामा
पोखरामा वायु प्रदूषण स्वास्थ्यका लागि घातक अवस्थामा पुगेको छ । वायु प्रदूषण मापन सूचक (एक्यूआई) दुई सयभन्दा माथि जानुलाई घातक मानिन्छ ।
अहिले पोखरामा एक्यूआई दुई सय चार पुगेको छ । यो प्रदूषण मानव शरीरका लागि अति नै हानिकारक हुने स्वास्थ्यकर्मीहरू बताउँछन् । पोखरासँगै विराटनगर, जनकपुर, कीर्तिपुर, सिमरा लगायतका ठाउँमा राखिएका मापन केन्द्रले पनि वायुको प्रदूषण स्वास्थ्यका लागि हानिकारक अवस्थामा पुगेको देखाएका छन् ।
एक्यूआई एक सयभन्दा माथि गएपछि त्यहाँको वायु प्रदूषण स्वास्थ्यका लागि हानिकारक अवस्थामा पुगेको मानिन्छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले एक्यूआई २५ सम्मलाई मानव स्वास्थ्यका लागि उत्तम मानेको छ । एक्यूआई ५० सम्म मानिसका लागि बसोबासयोग्य मानिने स्वास्थ्यकर्मीहरू बताउँछन् । साभारः उज्यालो अनलाइन ।