प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

छहारी संवाददाता
पुस २, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

बिहान प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड बालुवाटार पुग्नु भएको हो । भेटमा राजदूतहरुको नियुक्ति र अन्य समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यस्तै, पछिल्लो राजनीतिक घटनाक्रम र सत्ता गठबन्धनको आउँदाे रणनीतिबारे पनि कुराकानी भएको छ।

त्यसैगरी संसदमा देखिएको राजनीतिक गतिरोध अन्त्यका विषयमा पनि प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल भएको छ ।  प्रचण्डले प्रधानमन्त्री देउवालाई कांग्रेस सभापतिमा फेरि निर्वाचित भएकोमा बधाई समेत दिनु भएको छ । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*