फाइजरको कोरोना चक्की प्रयोग गर्न युरोपियन युनियनले दियो अनुमति

छहारी संवाददाता
पुस २, २०७८

अमेरिकाको औषधि उत्पादक कम्पनी फाइजरले बनाएको कोभिड चक्की आपतकालीन प्रयोगका लागि युरोपियन युनियनले अनुमति दिएको छ ।

युरोपियन युनियनको औषधि नियमक निकाय युरोपियन मेडिसिन्स एजेन्सीले युनियन अन्तर्गतका देशमा उक्त चक्की प्रयोग गर्न अनुमति दिएको हो । फाइजर कम्पनीले यसै हप्ता दावी गरेको थियो कि–यो चक्की कोभिड बिरामीको उपचारमा ९० प्रतिशत प्रभावकारी छ ।

युरोपियन मेडिसिन्स एजेन्सीले गम्भीर अवस्थामा नभएका र अक्सिजनको आवश्यकता नपरेका वयस्क संक्रमितहरुलाई मात्रै उक्त चक्की प्रयोग गर्न अनुमति दिएको छ । युरोपियन मुलुकहरुमा अहिले कोरोना संक्रमण तीब्र गतिमा बढिरहेको छ । साभारः हेल्थपाटी डटकम ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*